कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चम्पलको माला लगाएको छ । वि.सं. २०५६ देखि विप्लप माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको र पैसा उठाएर खाएको आरोपमा गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र चप्पल को माला लगाएको विप्लप समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए । स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।
Related