खोजि गर्नुहोस..

एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको र एमसीसीमा आपत्तिजनक केही पनि नभएको : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।

गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने । अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।

‘कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ’ उनले भने । आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए । ‘मेरो पालामा सहयोग सम्झौताका रुपमा आएको थियो । म जिम्मेवारी लिन्छु । यो ठीक छ, चाहिन्छ भनेकै हो’ उनले भने ।एमसीसीमा व्याख्यात्मक टिप्पणी लेखेर स्वीकार गर्ने भनी केही दलले ‘फेस सेभिङ’को बाटो खोज्नु सकारात्मक भएको पनि भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *