खोजि गर्नुहोस..

लुम्बिनी प्रदेशस्तरीय चेस प्रतियोगितामा एभरेष्ट स्कूल शीर्षस्थानमा

लुम्बिनी – लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायले आयोजना गरेको प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा बुटवलस्थित एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ।

विश्वविद्यालयको २१औँ वार्षिकोत्सवको अवसरमा शनिबार सम्पन्न प्रतियोगितामा एभरेष्टका विद्यार्थी साइरस बज्राचार्य शीर्ष स्थानमा उक्लिए। उनीसँगै काशी नोबेल एकेडेमी, भैरहवाका रिशान थापा मगर दोस्रो र शान्ति नमूना माध्यमिक विद्यालय, मणिग्रामका सुशान्त अर्याल तेस्रो भए। साथै काशी नोबेल एकेडेमीका रोनिश केसी ले चौथो स्थान सुरक्षित गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले बुद्धिचालले विद्यार्थीको समालोचनात्मक तथा विश्लेषणात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बौद्धिक क्षमतालाई चुनौती दिने यस्ता प्रतिष्पर्धा विद्यार्थीहरूका लागि आवश्यक भएको पनि उल्लेख गरे।

प्रतियोगिता संयोजक सञ्जय शाक्यका अनुसार विजेताहरूलाई आइतबार हुने विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिने छ।
प्रदेशका ३५ विद्यालयको सहभागितासहित सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा चेसप्रतिको आकर्षण झनै बढाएको आयोजकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *