चितवन । रास्वपा नेता तथा सांसद सविता गौतमले कानुनको दुरूपयोग गरेर रविलाई थुनामा राखिएको बताउँदै आलोचना गरेकी छन्। उनले रवि सबैको मनमा हुनुहुन्छ र राज्यले उनलाई थुनेर चितवनलाई अभिभावकविहिन बनाउन खोजेको आरोप लगाएकी छन्।
उनका अनुसार, रूपन्देही क्षेत्र नं. ३ को आगामी निर्वाचनमार्फत जनताले रविलाको समर्थन पुष्टि गर्नु आवश्यक छ। उनले रविलाई थुनेर ढुक्क भएका दलहरूसँग जवाफ माग्नुपर्ने र चितवनबासीले अब आफैं अभिभावक बन्नुपर्ने बताइन ।
सविता गौतमले थपिन्, “राज्यले रविलालाई कैद गरेको कारण लामिछाने भौतिक रूपमा यहाँ उपस्थित नभए पनि सबैको मनमा उनी हुनुहुन्छ। तिजमा सबै दिदी–बहिनीहरूले रविलामिछानेको बारेमा सन्चो–बिसन्चो सोध्नु भएको छ।”
चितवन जिल्लाले आइतबार आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागि महिलाहरू भावुक भएका थिए, जसले माहोललाई अझ संवेदनशील बनाएको थियो। सांसद गौतमले आगामी निर्वाचनमा चितवन जिल्ला रवि लामिछाने बनेर देश भर जानु पर्नेमा जोड दिइन्।
भिडियो ।