लुम्बिनी । रूपन्देहीको मणिग्राम, शंकरपुरस्थित किण्डरवर्ल्ड मण्टेश्वरी स्कूलमा आज (सोमबार) निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

श्रीकृष्ण नेत्रालय बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा ६७ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालयकी प्रिन्सिपल सुधा खतिवडा पौख्रेलले जानकारी दिनुभयो।परीक्षण गरिएका मध्ये ७ जना विद्यार्थीलाई थप उपचारका लागि रेफर गरिएको छ।

शिविरमा श्रीकृष्ण नेत्रालयबाट दृष्टि विशेषज्ञ शुभेक्षा भट्टराई र नेत्र सहायक सुनीता सोमैले आँखा परीक्षण गरेका थिए। कार्यक्रममा स्कूलका संस्थापक केशव पाठक, अध्यक्ष मुक्तिनाथ गैह्रे, तथा निर्देशक सुवर्णा पाण्डेयलगायतको उपस्थिति रहेको थियो।
