खोजि गर्नुहोस..

अश्लील सामग्री सार्वजनिक गर्ने युवती धनुषाबाट पक्राउ

धनुषा — सामाजिक सञ्जाल टिकटक मार्फत सार्वजनिक रूपमा अभद्र भाषा र अश्लील गालीगलौज गर्ने एक युवतीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकी व्यक्ती जनकपुरधाम उप–महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुन हुन्। उनले टिकटकमा निरन्तर रुपमा अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार, खातुनले टिकटक भिडियोहरूमा प्रयोग गरेको भाषा र प्रस्तुत व्यवहारले सार्वजनिक नैतिकता, सामाजिक सद्भाव, तथा समाजमा नकारात्मक असर पार्ने खालको रहेको पाइएको छ।

खातुनविरुद्ध “अभद्र व्यवहारसम्बन्धी” मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भई हाल उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखिएको प्रहरीको भनाइ छ।

यसअघि जानकी मन्दिरको विवाह मण्डपमा अश्लील हर्कत गरि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने धनुषाको औरही गाउँपालिका–६ का १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

अनिरुद्रले केही दिनअघि जानकी मन्दिर छेउमा रहेको विवाह मण्डपमा एक युवतीसँग अश्लील हर्कत गर्दै गरेको भिडियो बनाएर टिकटकमा अपलोड गरेपछि उनलाई साउन १२ गते शुक्रवार प्रहरीले पक्राउ गरेको कारवाही प्रकृया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *