खोजि गर्नुहोस..

शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्छ : प्रमुख सचिव अधिकारी

लुम्बिनी । शिक्षा क्षेत्रको सबलीकरण गर्दै शिक्षित जनशक्तिलाई राष्ट्रसेवामा अघि बढ्नुपर्नेमा नेपाल सरकार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जोड दिनुभएको छ।

रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित “लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण” कार्यक्रमको उद्घाटन गर्दै प्रमुख सचिव अधिकारीले शिक्षालाई राष्ट्र निर्माणको मूल आधारको रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। साथै, क्याम्पसको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको थप सहयोग आवश्यक देखिएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले आजका विद्यार्थीलाई उच्च क्षमतायुक्त बनाउँदै राष्ट्रसेवामा जान प्रेरित गर्न क्याम्पसले विगतदेखि यस्ता कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो।

विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको उच्चतम विकासबाटै समाजले कर्मठ जनशक्ति प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो। लोकसेवा अभिमुखीकरण कार्यक्रममा स्नातक तहका एक सयभन्दा बढी विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *