खोजि गर्नुहोस..

रूपन्देहीको मर्चवारीमा चट्याङ लागेर एक महिलाको मृत्यु

लुम्बिनी । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ महराजगंजकी ४५ वर्षीय प्रमिला यादवको मृत्यु भएको छ । आज सोमबार बिहान करिब ७ बजे खेतमा काम गर्न जादैगर्दा चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

घरदेखि करिब एक सय मिटर पुर्व निस्किदैगर्दा चट्याङ लागेपछि उनलाइ स्थानीय र आफ्न्तको सहयोगमा उपचारका लागि भैरहवास्थित भिम अस्पतालमा लगिएको र अस्पतालले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले बताए ।

शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि उनको परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउदले बताए । हाल देशभर रोपाइँको चटारो चलिरहेको बेला खेतमा काम गर्ने क्रममा चट्याङ लाग्ने घटनाहरू दोहोरिइरहेको बताउदै सुरक्षाको उपाय अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *