खोजि गर्नुहोस..

समावेशी पत्रकारिता तालिम सम्पन्नः जनमुखी कलम चलाउन माओवादी नेता बरालको आग्रह

बुटवल । बुटवलमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ। समापन समारोहमा बोल्दै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारलाइ सुशासन र समृद्धीकालागी जनमुखी कलम चलाउन आग्रह गरेका छन।

प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपममहानगरपालिकाको सहयोगमा सञ्चालित तालिमको समापन समरोहमा पत्रकारहरूलाई जनताको आवाज उठाउन आग्रहगर्दै नेता बरालले  पत्रकार सक्रिय नभए समाज अँध्यारोमा फस्ने निश्चित रहेको बताए। उनले भने, “शासन र दलाल–बिचौलियाको प्रभावले श्रमजीवी वर्गको रोजीरोटी खोसिदैछ। त्यसैले पनि श्रमिक वर्गको पक्षमा कलम चलाउनुपर्छ।”

कार्यक्रममा बुटवलकी उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाले सूचना वितरण र त्रुटि सचेतनामा पूर्वाग्रहमुक्त भूमिका लिएको स्पष्ट पार्दै भनिन, “समाचार लेखेपछि जेल जानुपर्ने अवस्था छैन, पत्रकारले सकारात्मक कामको प्रचार–प्रसार गराउँदै कमजोरीको सचेतना गराउनुपर्छ।” उनले राजावादी समुहको गतिविधिबाट उत्पन्न चुनौतीप्रति सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने बताइन्।

प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव यानेन्द्र जिसिले पत्रकारितामा सदा सिक्न तयार हुनुपर्ने बताउँदै दैनिक अपडेट रहनुपर्नेमा जोड दिए। उनले तालिमले पत्रकारिताको गुणस्तर सुधार्ने विश्वास व्यक्त गरे।

समापन समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोखरेल, प्रशिक्षार्थीद्वय निर्मला सुनार र विवेक शर्मा लगायतले पनि तालिम प्रभावकारी रहेको भन्दै त्यसका सिकाइको व्यावहारिक प्रयोगमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *