खोजि गर्नुहोस..

तौलिहवामा पहिलोपटक दुई महिने पेशागत लेखा तालिम सम्पन्न

तौलिहवा  । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१, नयाँ टोलमा अवस्थित   Dhairya Accounting and TechPro Academy को आयोजनामा दुई महिने पेशागत लेखा तालिम सम्पन्न भएको छ। तौलिहवाको इतिहासमै पहिलोपटक यस्तो खालको व्यवस्थित तथा व्यवहारिक लेखा तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ। २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ १७ गतेसम्म सञ्चालन गरिएको तालिममा १५ जना सहभागीहरूले लेखा सम्बन्धी व्यवहारिक सीपहरू हासिल गरेका थिए। समापन कार्यक्रम आज शुक्रबार  पाम होटल, तौलिहवामा एक औपचारिक समारोहबीच सम्पन्न भयो।

तालिममा फर्म दर्ता प्रक्रिया, म्यानुअल लेखा प्रणाली, बिक्री तथा खरिद लेखा, खर्च दर्ता तथा अभिलेख व्यवस्थापन, व्यक्तिगत व्यवसाय लेखा सञ्चालन, र डिजिटल लेखा प्रणाली (Excel-based practical training) लगायतका विषयहरू समेटिएका थिए।

तालिममा धर्मेन्द्र चतुर्वेदी र दिनेश चौधरीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। साथै लेखा तथा कर क्षेत्रका अनुभवी व्यक्तित्वहरूले विशेष सत्रहरू पनि संचालन गरेका थिए।

समापन समारोहमा स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक वशिष्ठ तिवारी, समाजसेवी मोहम्मद मुस्तफा, व्रम्हान्न्द मौर्य, चन्द्रपाल चौधरी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अतिथिहरूले यस्ता व्यवहारिक तालिमहरू स्थानीय युवा तथा पेशाकर्मीहरूका लागि रोजगारी र उद्यमशीलताको अवसर खोल्ने बताएका थिए। संयोजक तिवारीले भने, “आजको युग व्यवहारिक सीपको हो। यस्तो तालिमले युवामा रोजगारीको नयाँ ढोका खोल्छ।

तालिममा सहभागीहरूले सिकाइको सहज प्रक्रिया, प्रशिक्षकहरूको समर्पण, र व्यवहारिक अभ्यासलाई विशेष प्रंससा गरेका थिए। एक सहभागीले भने, “हामीले कक्षा कोठाभित्र मात्र होइन, जीवनमै उपयोगी सीप सिक्यौं। अब आफ्नै व्यवसाय वा अफिसमा लेखा कार्य गर्न सक्षम भएका छौं।

Dhairya Accounting and TechPro Academy ले आगामी दिनमा लेखा, सूचना प्रविधि र व्यवसाय विकाससँग सम्बन्धित थप व्यावसायिक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाले युवाहरुलाई व्यवहारिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले डिजिटल प्रविधि, साधनसञ्चालन र बजार अभिमुखीकरणमा केन्द्रित तालिमहरू प्रदान गर्ने योजना बनाएको छ।

तौलिहवामा पहिलोपटक सञ्चालनमा आएको यस्तो गुणस्तरीय लेखा तालिमले स्थानीय क्षेत्रमा शैक्षिक, पेशागत र उद्यमशील चेतनाको सूरूवात गरेको छ। सहभागीहरू अब नवदृष्टिकोण, आत्मविश्वास र सीपसहित आफ्नो पेशागत यात्रामा अघि बढ्न सक्षम भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *