खोजि गर्नुहोस..

५३औं विश्व वातावरण दिवस- २०२५ को अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

लुम्बिनी । ५३औं विश्व वातावरण दिवसको अवसरमा आज लुम्बिनीसहित देशभर विविध वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएका छन्। लुम्बिनी साँस्कृतिक नगरपालिका–२ मुजहना र कपिलबस्तुको यशोधरा गा.पा. ८ खोरिया लगायतका स्थानमा कार्यक्रम सम्पन्न भएका हुन।

“प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने यस वर्षको मूल नारा सहित प्लास्टिकजन्य फोहोर नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्दै नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा लुम्बिनी साँकृतिक नगरपालिका, वर्ल्ड केअर, थर्ड पोल कन्जर्भेन्सी र ग्रीन युथ क्लब लुम्बिनी लगायतले मुजहनामा वृक्षारोपण तथा सरसफाइ सम्पन्न गरेका हुन।

कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अशोक लगायत विभिन्न जातका बिरुवा रोपेका थिए। वातावरण संरक्षणमा योगदान पुर्‍याउने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताए।

वृक्षारोपण तथा सरसफाइ अभियानमार्फत वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली वातावरण सुनिश्चित गर्न योगदान पुर्‍याउने नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताए।

त्यसैगरी दलित सामाजिक बिकास केन्द्र (DSDC) कपिलबस्तुको आयोजनामा यशोधरा गाउँ पालिका- ८ खोरिया स्थित बाँणगांगा नदीको छेउमा बाँसका बिरूवा रोपेर कार्यक्रम सम्पन्न भएको हो। आयोजक दलित सामाजिक बिकास केन्द्रका अनुसार, ‘बाणगंगा खोलाको बाढी तथा कटान न्यूनीकरणगर्ने उद्देश्यले पाँच सय बढी बाँसका बिरुवा रोपिएका छन।’

दलित सामाजिक बिकास केन्द्रद्वारा संचालित जीवन शुधार परियोजनाका अधिकृत रमेश कुर्मीले भने, ‘खोलाको किनारमा बढ्दो कटानको समस्यालाई दीर्घकालीन रूपमा समाधानगर्न बाँस जस्तो बलियो र पर्यावरणमैत्री वनस्पतिको रोपेका हॏ।’

कार्यक्रमका तश्बिरहरूः

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *