खोजि गर्नुहोस..

कम्बाेडियाकाे ५ दिने भ्रमण सकाएर फर्किए सभामुख देवराज घिमिरे

 

बाट स्वदेश फर्किएका छन्। पाँचदिन लामो कम्बोडिया भ्रमण सकेर घिमिरे मंगलबार राति स्वदेश फर्किएका हुन्।अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन उनी गत शुक्रबार कम्बोडिया प्रस्थान गरेका थिए।  त्यहाँ रहदा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ सत्रलाई सम्बोधन गरेका थिए।स्वदेश फर्कने क्रममा सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको दाबी गरे। उनले नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको बताए।

कम्बोडियामा रहँदा सभामुख घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्ष हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेटवार्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *