प्रहरीले ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार राति १२ः३० बजे हेटौंडा–१९, तीनताप्केस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने वर्ष २० का मिलन घलान र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–९ बस्ने वर्ष २६ को दावा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।