खोजि गर्नुहोस..

प्रधानमन्त्री ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा चीन जाने भएकी छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने प्रस्तावित तालिका छ । सम्भवतः आज बस्ने मन्त्रिपरिसद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै थप निर्णय गर्ने छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि राणा मंसिर १३ गते नै बेइजिङ जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *