खोजि गर्नुहोस..

किन घट्याे सुनकाे मुल्य एकैदिन १५ हजार

सुनको मूल्य एकै दिनमा १५ हजार ९०० रुपैयाँले घटेको छ।सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य पनि घटेको व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकि आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने गरेको थियो। सरकारले यसलाई घटाएर १० प्रतिशतमा झारेको छ।यस्तै, चाँदीको आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो। अहिले घटाएर १० प्रतिशत बनाइएको छ।उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भइरहेको सुरक्षा अधिकारीले बताउँदै आएका थिए। त्यसका आधारमा सरकारले भन्सार दर घटाएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार भन्सारदर २० प्रतिशत जोडेर मूल्य निकालेको थियो। सोमबार भने १० प्रतिशत जोडेर निकाल्यो संघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यकाअनुसार भन्सारको कारण सोमबार सुनको मूल्यमा प्रतितोला करिब १३ हजार रूपैयाँ घटेको छ भने अन्तर्राष्ट्रिय बजार मूल्य घटेको कारणले पनि प्रतितोला करिब दुई हजार नौ सय मूल्य घटेको छ। सोमबारमात्रै सुनको मूल्य प्रतिऔंश ४५ डलर घटेको छ। त्यसकारण सोमबार यति धेरै मूल्य घट्नुको कारण भन्सारदर नै घटेकोले हो।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अवैधानिक (भन्सार छलेर ल्याइने) सुनको कारोबार बढेको तर वैधानिक सुनको कारोबार न्यून भएकोले भन्सारदर घटाइएको हो।यसको मूल कारण भने नेपाल भारतको भन्सार महसुलमा भएको अन्तर नै भएको व्यवसायीहरूको भनाइ छ।भन्सार घटाउनुअघि (अहिलेको मूल्यमा) नेपाल भारतबीच एक तोला सुन बराबर करिब २२ हजार मूल्य अन्‍तर थियो। अब भने करिब पाँच हजार मूल्य अन्तर छ।यो पनि ढिक्का सुनमा मात्रै हो। गहनामा भारतले जिएसटी (गुड एण्ड सर्भिस ट्याक्स) लगाउने भएको कारण करिब उस्तै मूल्य हुन आउँछ। यो हुँदा वैधानिक सुनको कारोबार बढ्ने अनुमान गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *