खोजि गर्नुहोस..

खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरूङमार्ग आयोजनाकाे कार्यालयमा तोडफोड

दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले तोडफोड गरेका छन्।खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरूङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयले तोडफोड गरेका हुन्। दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाजसेवी भाइकृष्ण तामाङले बताए।

आक्राेसित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाएका छन्। चन्द्रागिरि वडा-२ का अध्यक्ष गोपी सुर्खेतीले सुरूङ मार्गका कारण खानेपानीको मुहान सुकेको  र खानेपानीको व्यवस्थापन गर्ने भनेता पनि आयोजकले सुनुवाइ नगरेको भन्दै स्थानीय आक्रोसित भएको बताए।  उनलेे भने,‘आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरे पनि पूरा नभएपछि आन्दोलन फेरि गर्नु परेकाे छ।’नागढुंगा सुरूङ मार्ग प्रभावित सराेकार समन्वय समितका संयाेजक समेत रहेका सुर्खेतीले आयाेजनाले पटक/पटक उठाएकाे माग कागजमै सीमित राखी सम्बाेधन नगरेकाेले कार्यालय परिसर घेराउ गर्ने अवस्था सृजना भएकाे बताए। आन्दोलन कर्ताले कार्यालयकाे सिसा ताेडफाेड गरेपछि महानगरीय प्रहरी वृत्तकाे टाेली घटनास्थल पुगेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *