खोजि गर्नुहोस..

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दाङमा एक जनाकाे मृत्यु

दाङ । दाङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर–१ भालुबाङका नरेन्द्र जिसीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

लमही नगरपालिका वडा नम्बर–३ मा गएराती बा १० च २५८१ नम्बरको कार र रा ६ प ६८४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जिसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *