खोजि गर्नुहोस..

एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *