खोजि गर्नुहोस..

नयाँदिल्ली पुगिन् परराष्ट्रमन्त्री आरजु राणा

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन्।जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा भारत पुगेकी हुन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन-२०२४ मा सहभागिता जनाएकी थिइन्।

फाइल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *