खोजि गर्नुहोस..

साउनदेखि मंसिरसम्म २ लाख टन बढी मल आयात

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा रासायनिक मल आयात तीव्र पारेको छ। अघिल्ला वर्षहरूमाझेल विपरीत, यो वर्ष मलको अभाव नहोस भनेर सरकारले मल आयातमा विशेष ध्यान दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवमा ५० लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखिएको छ।

चालु आवको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा मात्र २ लाख टनभन्दा बढी मल आयात भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा २ लाख ९ हजार ९ सय १ टन मल आयात गरेका छन्।

मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कृषि सामग्री कम्पनीले १ लाख ८१ हजार १ सय ५५ टन मल आयात गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २८ हजार ७ सय ४५ टन मल भित्र्याइसकेको छ। यो मात्रा चालु आवको वार्षिक लक्ष्यको ३८ प्रतिशत हो।

मल आपूर्तिमा देखिएका समस्या समाधान गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन सरकारले मल आयातमा तीव्रता दिएको हो। गत आर्थिक वर्षमा देखिएको मल अभावको पुनरावृत्ति हुन नदिन सरकारले यस पटक आयातमा प्राथमिकता दिएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *