आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएका छन ।
जल तथा मौसम विज्ञान विभागले यो मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ।उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ।साथै अधिकारीहरूले वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण र हवाई यातायात जस्ता क्षेत्रमा असर देखा पर्न सक्ने भन्दै पूर्व तयारी र सतर्कता अपनाउन अनुरोध गरेका छन्।
विभागले शनिवार बिहान जारी गरेको तीन दिने मौसम बुलेटिनका अनुसार आइतबार राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाइएको छ।