धरान । पत्रकारहरुलाई समाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङविरुद्ध उजुरी दिएका हुन् ।उनीहरुले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गरेका छन् ।आफ्नो विरुद्धमा लेखिएको समाचारलाई लिएर साम्पाङले पत्रकार सम्मेलन गर्दै आलोचना गरेका थिए । ।