खोजि गर्नुहोस..

कार्तिकमा मात्र ७० हजार नेपालीले राेजगारीकाे लागी छाडे देश

काठमाडौँ । कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *