सुनका गहना हुन् भन्दै पहेँलो धातु देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ । पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणमाथि ठगी गर्ने समूहका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार यो समूहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा ठगी गरेको पाइएको छ । ठगीमा पर्नेको संख्या धेरै रहेको प्रहरीले जनाएको छ । पीडितहरुबाट जाहेरी परेको आधारमा थप अनुसन्धान भइरहेको जोशीले बताए । उक्त समूहले सुन भन्दै पहेँलो धातु दिएर सर्वसाधारणबाट रकम ठगी गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।