नेपाल प्रहरीका सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन् ।तुर्माखाद गाउँपालिका– ६ भैरवस्थान प्रहरी चौकी इन्चार्ज चन्दले बिहीबार राति करिब ९ बजेतिर आफैंमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले लोकान्तरसँग बताए ।आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेका हुन् । घाइते चन्दलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको र उपचार जारी रहेको डीएसपी भण्डारीले जानकारी दिए ।उनका अनुसार चन्दले आफैंलाई गोली हान्नुको कारण खुलेको छैन ।
‘प्रारम्भिकरूपमा बुझ्दा गोली हान्नुपर्ने कारण खुलेको छैन, घर-परिवारतर्फ बुझ्दा पनि समस्या देखिएन,’ भण्डारीले भने, ‘घटनाको सत्य-तथ्य छानबिन गर्न समिति गठन गरेको छु । समितिले सत्य-तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गरेपछि मात्रै कारण खुल्छ ।’अहिले चन्दको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालबाट पाएको उनले बताए ।
Related