खोजि गर्नुहोस..

काठमाडौं महानगरले तिराएकाे १ लाख जरिवाना बुझ्न मानेन एमालेले

काठमाडौं ।शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले  आयोजना गरेको सभामा सडक र पेटीमा  फोहोर गरेकाे भन्दै काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ ।एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् ।एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने दाबी गरे ।एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले सभा आयोजना गरेको थियो । सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ ।तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो । सोबारे फेसबुकमा महानगरका मेयर बालेन्द्र शाहले नै पोस्ट गरेका थिए । त्यसलाई एमालेले ‘स्टन्ट’ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *