रक्तदानले हरेक बर्ष लाखौँको जीवन बचाइरहेको हुन्छ । मानिसको रगत बनाउँन सकिँन्न, जो व्यक्तिले दान गर्छन् उनीहरु नै रगतको स्रोत हुन् । रक्तदान गर्दा शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा मिल्ने गर्दछ ।मानिसको रगत कृत्रिम रुपमा बनाउन नसकिने हुँदा रक्तदान नै प्रमुख स्रोत हो । त्यसैले रक्तदानलाई जीवन दान पनि भनिन्छ । मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ । त्यसैले रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी हुँदैन । ्
रक्तदान गर्नुका केही फाइदा
– रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ ।
– शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुर्ण भूमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
– शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई कम गर्छ ।
- रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थ्यसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानका बेला ब्लड प्रेसर, शरीरको तापक्रम, हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ । जसले शरीरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।
- मनको सन्तुष्टि , रक्तदान गरेपछि कस्तो मनमा सन्तुष्टि हुन्छ । किनकि, मानव रगतको कुनै विकल्प नै हुँदैन, त्यसैले यो एक महत्वपूर्ण काम पनि हो । जब तपाई रक्तदान गर्नुहुन्छ, त्यसले ३/४ अलग–अलग बिरामीलाई काम लाग्छ, जसले खुशी र सन्तुष्टिको भाव दिन्छ ।
- तौल घटाउँन मद्दत गर्छ । एक पटक रक्तदान गर्दा ६५० देखि ७०० किलो क्यालोरी घट्न सक्छ । तौल घट्नु–बढ्नु क्यालोरीमा भरपर्छ, यदि क्यालोरी घटेमा तौल पनि घट्छ । यद्यपी, रक्तदान ३ महिनामा एक पटक मात्रै गर्नुपर्छ ।
Related