खोजि गर्नुहोस..

नाडेप लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम

भानु मरासिनी, ताैलिहवा,  कपिलवस्तुको तौलिहवा शाखा रहेको नाडेप लघुवित्तद्वारा समुदायमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । समुदायमा वित्तिय साक्षरता बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
जेठ २८ गते होटल पाममा आयोजित कार्यक्रममा बोल्दै तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले लघुवित्त वित्तिय संस्थाले सजिलै कर्जा उपलब्ध गराई गरिब, विपन्न, पिछडिएका वर्गको आर्थिक उत्थानको लागि लघुवित्तले महत्वपूर्ण योगदान गरेको बताए । उनले जुन प्रयोजनको लागि ऋण लिएको हो सोही प्रयोजनमा लगानी गरी आत्मनिर्भर बन्न सबै लाग्नु पर्ने बताए । अध्यक्ष कुर्मीले कोही पनि कसैको उक्साहटमा नपरी आफूले लिएको कर्जाको सदुपयोग गरेर विस्तारै ऋण तिर्दै जानुपर्ने बताए । वित्तिय साक्षरता अभावले समुदायमा सहकारी लगायत विभिन्न संघ संस्था तथा व्यक्तिहरूबाट सोझा सोझा मानिसहरू ठगीमा परेको कुर्मीले बताए ।
नाडेप तौलिहवाका प्रबन्धक सुसन कोइरालाले संस्थाले समुदायमा आर्थिक कारोबार गर्ने कार्य मात्र नभई आफ्नो संस्थासँग आबद्ध तथा समुदायका अन्य मानिसहरूलाई विभिन्न समयमा शिक्षा स्वास्थ्य लगायत जनचेतनामूलक कार्यक्रम गर्दै वित्तिय साक्षरता कार्यक्रम समेत गर्दै आइरहेको बताए । कार्यक्रममा यस संस्थाका केन्द्रिय कार्यालयका बरिष्ठ अधिकृत शुसिल रेग्मी र क्षेत्रीय कार्यालय बुटवलका रमेश राज रिमाल लगायतको सहभागिता रहेको थियो ।
यस संस्थाको केन्द्रिय कार्यालय धादिङ भई हाल नेपालको ४९ जिल्लामा कुल ८८ वटा शाखा कार्यालयहरू सञ्चालित रहेको छ । उक्त शाखा कार्यालयहरूबाट ८० हजार भन्दा बढी घर परिवारका महिला दिदी बहिनीहरूलाई लघुवित्त कार्यक्रम मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको शाखा प्रबन्धक कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *