कृष्णनगर । कृष्णनगर नगरपालिकाले पुराना घर नक्साहरू अभिलेखीकरण गरिरहेको छ । पालिकाले घर निमार्ण गरेर घर नक्सा अभिलेखीकरण गर्न बञ्चित भएका एंव बिभिन्न कारणले घर नक्सा अभिलेखीकरण नगरेकाहरूलाई २०८० चैत्र मसान्त भित्रमा पालिकाको कार्यालयमा घर नक्सा अभिलेखीकरण गर्न सूचना जारी गरि सुरुवात गरेको छ ।
बिभिन्न कारणले घर नक्साहरू अभिलेखी नगरेका, पुराना घरहरूलाई अभिलेखीकरण गर्ने कार्य सुरु गरेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । उहाँले पालिका भित्र घर बिभिन्न समयमा घर बनाएर घर नक्सा अभिलेखीकरण गराउन छुटेकालाई तोकिएको मिति २०८०/८१ को चैत्र मसान्त भित्र घर नक्सा अभिलेखीकरण गर्न समेत नगरवासीहरूमा अनुरोध गर्नु भएको छ ।
पालिका भित्र पुराना तथा नयाँ बिभिन्न मितिमा बनेका धेरै घरहरूको नक्सा अभिलेखीकरण नहुँदा नागरिक एवं पालिका दुवैलाई समस्या परेको घर नक्सा अभिलेखीकरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनु भयो ।
घर नक्सा नहुदाँ नागरिक बैङ्किङ लोन, सडक निमार्ण घर परेमा मुआब्जा, भुकम्प लगायतका प्राकृतिक विपत्तिमा राहत लगायतका समस्या नागरिकहरूलाई पर्नुका साथै पालिका योजना निमार्ण, अभिलेख व्यवस्था लगायतका विकासका कार्यक्रमहरू प्रभावित हुने गरेको अधिकृत गौतमले बताउनु भयो ।
घर नक्सा अभिलेखीकरणले पालिका योजना निमार्ण तथा विकास कार्यक्रमहरूलाई अगाडि बढाउन सहयोग पुग्ने इन्जिनियर प्रदिप चौधरीले बताउनु भयो । अभिलेखीकरणको लागि दरखास्त फारम किताब, ए थ्रि साईजको नक्सा २ थान, घरधनीको नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, लालपुर्जाको प्रतिलिपि, जग्गाधनी तथा घरधनीको पासपोर्टको साईजको फोटो २ प्रति लगायत सूचनामा तोकिए बमोजिमका सम्पूर्ण कागजात आवश्यक पर्ने चौधरीले जानकारी दिनु भयो ।
Related