बिलबिजकबिनै लगिएको चिनी सुर्खेत प्रहरीले उल्लेख्य परिमाणमा बरामद गरेको छ । ५० केजीको २६ बोरा र २५ केजीको २४ बोरा चिनी सुर्खेत सुब्बाकुना चेकपोष्टमा जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद चिनी १ लाख ५२ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टमा नेपालगन्जबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकमा चिनी बरामद भएको हो ।
उक्त बरामद गरेको चिनीको मूल्य डेढ लाखभन्दा बढीको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरीक्षक लक्ष्मणबहादुर शाहीलेबरामद गरिएको चिनी प्रहरी कार्यालयमा ल्याइएको र यसलाई भन्सार कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
Related