एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा शहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ पुगेको छ । प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिवार याे जानकारी दिएकाे हाे । मन्त्रालयले हमलामा मारिनेहरूमा ७५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो ।
Related