आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भाेली देखी ‘मिसन-०८४ अभियान’ सुरु गर्ने भएकाे छ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर-२, भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।’पहिलो चरणमा आन्तरिक प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया र तेस्रो चरण आमसभाहरू आयोजना गरिने छ । नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने माओवादी केन्द्रकाे उदेश्य रहेकाे छ ।