खोजि गर्नुहोस..

राष्ट्रपति चुनावमा चलखेल गरेको आरोपमा ट्रम्पद्वारा प्रहरीसामु आत्मसमर्पण

अमेरिकाको राष्ट्रपति चुनावमा चलखेल गरेको आरोपमा शुक्रबार बिहान पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। उनले फुल्टन काउन्टी प्रहरीसामु आत्मसमर्पण गरको हुन्। आत्मसमर्पणपछि प्रहरीले गिरफ्तार गरेर ट्रम्पलाई जेल लगेको छ। आरोपीको झैं तस्बिर (ट्रम्प मगसट) खिचेपछि अहिले सामाजिक सञ्जालमा उनको तस्बिर भाइरल भएको छ। योसँग ट्रम्प कैदीको झैं तस्बिर लिने उनी पहिलो राष्ट्रपति बनेका छन्। सिएनएनका अनुसार ट्रम्पको रिहाइका लागि दुई लाख डलर धरौटी राखिएको छ।

जेलबाहिर आएपछि उनले पत्रकारसँग कुराकानी गरे। ‘मैले केही पनि गलत काम गरेको छैन,’ उनले भने। ट्रम्पमाथि जर्जियामा राष्ट्रपति चुनावको नतिजा उल्टाउनका लागि चलखेल गरेको, धम्की दिएको लगायतका आरोप छन्। उनीसहित थप १८ जना पनि यो मामिलामा दोषी ठहर भएका छन्।

दुई वर्षपछि ट्विटरमा हाजिर, मगसट गरे सेयर

एटलान्टामा मगसट र अन्य प्रक्रिया पूरा भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर साझा गरेका छन्। सन् २०२१ पछि उनको पहिलो ट्विट हो यो।

५ महिनामा ४ आपराधिक मुद्दा

अदालतले ट्रम्पलाई २५ अगस्टसम्म आत्मसमर्पण गर्ने समय दिएको थियो। उनीमाथि ५ महिनामा ४ आपराधिक मुद्दा दायर भएका छन्। न्युयोर्क टाइम्सका अनुसार दायर भएको मुद्दामा ट्रम्प र उनका साथीहरूले जानाजान चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन कोसिस गरेको उल्लेख छ।

जालसाजी र धोकाधडीको आरोप

बिबिसीका अनुसार सबै आरोपितलाई आपराधिक संगठन भनिएको छ। उनीहरूमाथि झुटो बयान दिने, जालसाजी, साक्षीलाई प्रभाव गर्ने, राज्यलाई धोका दिन षड्यन्त्र रच्ने, चोरी र झुटो बयान दिनेलगायतका आरोप छन्। यसमध्ये गम्भीर आरोप भनेका बेइमानी ढंगले व्यापार गरेको र भ्रष्टाचार ऐनको उल्लंघन गरेको छन्। यी दुई मुद्दामा ट्रम्पलाई २० वर्षको जेल सजायसमेत हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

के हो जर्जिया आपराधिक मुद्दा ?

सन् २०२० मा राष्ट्रपतीय चुनावपछि ट्रम्पमाथि चुनावी नतिजा उल्टाएको आरोप लागेको थियो। बिबिसीका अनुसार जनवरी २, २०२१ मा ट्रम्प र जर्जियाका निर्वाचन अधिकृतबीच फोनमा करिब १ घण्टा कुराकानी भएको थियो। यो कुराकानी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट भएको थियो।

फोनमा कुराकानी गर्दै ट्रम्पले निर्वाचन अधिकृतलाई १६ राज्यको इलेक्ट्रोरल भोट पुनः आफ्नो पक्षमा आउने भन्दै दोहोर्याएर गणना गर्नुपर्ने बताएका थिए। यी दुईबीचको कल रेकर्ड सबभन्दा पहिले वासिंगटन पोस्टले प्रकाशित गरेको थियो। फोनमा ट्रम्पले आफूले केवल ११ हजार ७८० भोट चाहिएको बताएका थिए। यो जितको अन्तरभन्दा एक बढी हो।

निर्वाचन अधिकृतले ट्रम्पको प्रस्ताव अस्विकार गरेपछि ट्रम्पले आपराधिक मुद्दा चलाउने धम्कीसमेत दिएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *