खोजि गर्नुहोस..

फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुन नहुने बताउनुभएको छ।

औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिस्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिस्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै फर्मासिस्टबिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको  बताउनुभयो।

‘यसरी फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो। यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौं,’ उहाँले भन्नुभयो।

केही दिनपहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरैजसो फार्मेसी फर्मासिस्टबिनै चलिरहेको पाइएको, अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउँदै मन्त्री बस्नेतले औषधिजस्तो संवेदनशिल चिजको बिक्रीवितरणमा बदमासी गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरिने पनि उल्लेख गर्नुभयो।

औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिस्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभयो। विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको बताउनुभयो।

ढकालले गत वर्ष मात्र ३ हजारभन्दा बढी फार्मेसीको निरीक्षण गरेको, २ हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई बिक्रीवितरणमा रोक लगाइएको जानकारी गराउनुभयो।

औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानुन कार्यान्वयन महाशाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरी ३२ हजार औषधि पशल रहेको जानकारी दिदै दैनिक ७ देखि १० वटा औषधि पशल दर्ता हुने गरेको बताउनुभयो।

क्षेत्रीले हालै साउनमा मात्र १ सय ९० औषधि पसलको अनुगमन गरेको बताउनुभयो। ३ दिनसम्म चल्ने क्षमता अभिवृद्धि तालिममा सयभन्दा बढी फर्मासिस्ट, सहायक फर्मासिस्टहरु सहभागी छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *