खोजि गर्नुहोस..

 नाग पञ्चमीको अवसरमा कपिलवस्तुका पालिकाले दिए सार्वजनिक विदा

ताैलिहवा ।  कपिलवस्तुका अधिकांश पालिकाहरूले नाग पञ्चमीको अवसरमा भाद्र ४ गते साेमबार सार्वजनिक विदा दिइएका छन् । श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गरी मनाइने नाग पञ्चमीको लागी  कपिलवस्तु जिल्लाका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका,शिवराज नगरपालिका तथा यशाेधरा गाउँपालिका, शुद्दाेधन गाउँपालिका र मायादेवी गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन ।

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

नाग पन्चमीकाे दिन सार्वजानिक बिदा दिएका स्थानिय तह मातहतका अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *