काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकराम कंडेलसहित तीन जना उपर भ्रष्टाचार मुद्दा हालेको छ । वडाध्यक्ष कंडेलले गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर तालको ठेक्काको ६ लाख १० हजार बराबरको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ । तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी, ठेकेदार सेराज महम्मद लगायतले उक्त तालको ठेक्का रकम हिनामिना गरेकाले सबैलाई आयोगले बिगो जरिमाना र कैद सजायसहितको माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Related