दक्षिणपूर्वी ब्राजिलमा आफ्नो तटीय बंगला निर्माणको क्रममा वातावरणीय नियमको उल्लंघन गरेको आरोपमा ब्राजिलका अधिकारीहरूले नेयमारलाई १६ मिलियन रेइस (३.३३ मिलियन अमेरिकी डलर) को भारी जरिवाना तिराउने निर्णय गरेका हुन्।
‘लक्जरी परियोजनाले मीठो पानीका स्रोत, ढुङ्गा र बालुवाको प्रयोग र आवागमनसम्बन्धी नियम उल्लंघन गरेको पाइयो,’ अघिकारीहरूको भनाइ छ ।नेयमारलाई उल्लेखित आरोप गत महिना लागेको थियाे भने यसको पुष्टि सोमबार भएको हो।
यसबारे नेयमारका प्रवक्ताले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।
फुटबल स्टारको निवास ब्राजिलको रियो दि जेनेरियो राज्यको दक्षिणी तटमा रहेको मंगारातिबा सहरमा अवस्थित छ।
मंगारातिबाकाे वातावरणीय विभाले नेयमार निवासमा कृत्रिम ताल निर्माण गर्दा वातावरणीय उल्लंघन भएको बताएका छन्।
नेयमारलाई लगाइएको जरिवानाका साथै अब यो मुद्दा स्थानीय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश नागरिक प्रहरी र वातावरण संरक्षण कार्यालयलगायतका विभिन्न वातावरणीय नियन्त्रण निकायबाट अनुसन्धान हुने बताइएको छ।