कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ । मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि नेकपा माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको हो । संयुक्त बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको कोशी सरकारमा माओवादीको तर्फबाट कार्की नेतृत्वको सरकारमा दुई जना मन्त्री सहभागी थिए । माओवादी केन्द्रको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारको समर्थन छोड्न निर्देशन दिएपछि सोमबारदेखि नै प्रदेश नेतृत्वमा सरकार छोड्नेबारे छलफल सुरु भएको थियो । शिलापत्र