काठमाडौं । आज बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले मधेश प्रदेश सरकार बाट बाहिरिने निर्णय गरेकाे छ । मन्त्रालय भागवन्डामा असन्तुष्ट बन्दै माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । हाल जसपा नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
प्रदेश सरकारमा अहिले अहिले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । माओवादीले थप एक मन्त्रालय मागेको थियो ।