खोजि गर्नुहोस..

‘श्रम नै राष्ट्रियता हो , श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन् । आइतबार नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् ।

‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्,’ उनले भने, ‘हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ।’ उनले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताए । उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘श्रम नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपाईहरुले पूर्ण रुपले अवलम्वन गर्नुहुनेछ । र श्रम गर्ने जनतालाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ । राज्य त्यतै उन्मुख होस् ।’

उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे । श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ । त्यो साकार हुनुपर्छ । शब्दमा मात्रै अब धेरै खेलेर काम छैन । यो देशमा शब्दहरु धेरै प्रयोग भए । तर ति शब्दको अर्थ निस्कनुपर्‍यो । शब्दको अर्थ साकार हुनुपर्‍यो।’ उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *