खोजि गर्नुहोस..

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

धनगढी– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले समर्थन गर्ने निर्णय गरेको हो।

७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएको भए पनि आज (आइतबार) भने विश्वासको मत दिने निर्णय गरेको छ। नागरिक उन्मुक्ति, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई विश्वासको मत दिने बताएका छन्।

‘हामी विश्वासको मत दिन्छौँ,’ चौधरीले भने, ‘सबै जना (प्रदेश सभा सदस्य) धनगढीमै छौँ। म मात्रै काठमाडौं थिएँ। विश्वासको मत दिने भएपछि म पनि धनगढी फर्किएको छु। अहिले पनि हामी छलफलमा बसेका छौँ।’

यसअघि  नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउदैँ आएकी थिइन्। नागरिक उन्मुक्तिका अरु नेताले पनि आफ्ना माग पुरा नभए विश्वासको मत नदिने बताएका थिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज (आइतबार) प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेस गर्दैछन्। मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ

गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार आज उनले विश्वासको मत लिँदै छन्।

प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा विश्वासको मत दिन नसकिने बताउँदै आएको छ।  शनिबार बसेको संसदीय दलको बैठकले यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताएका छन्। नेकपा माओवादी केन्द्रका सांसदहरुले अहिलेसम्म शनिबारकै निर्णयमा अडिग रहेको बताएका छन्।

‘अहिले पनि छलफलमै छौँ हामी। ११ बजे दलको बैठक बोलाइएको छ। दलको बैठकले निर्णय गर्ला। बाँकी अहिलेसम्म यथास्थितिमा विश्वासको मत नदिने भन्ने निर्णयमा छौँ,’ माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यले भने।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १९ सदस्य छन्। माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *