खोजि गर्नुहोस..

राप्ती प्रादेशिक अस्पतालमा आठवटा डायलासिस मेसिनहरू प्रयोग विहीन

घोराही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे सहयाेगमा उपलब्भ भएका आठवटा डायलासिस मेसिनहरू राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा राख्ने ठाउँ नहुँदा विगत सात महिनादेखि प्रयोग विहीन भएका छन । लामो समयसम्म डायलासिस मेसिनहरू प्रयोगमा नआउँदा बिरामीले दुःख पाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन महिनामा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलासिस मेसिन’ पठाएको थियो।
सो मेसिन आर्थिक, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण जडान हुन सकेका छैनन्। मेसिन जडान गरी सेवा दिनका लागि अहिले कम्तीमा पनि ६० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। सरकारले मेसिन दिने तर बजेट नदिँदा जडान गरेर सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो। अहिले डायलासिसमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन्। मेसिन जडानपछि कम्तीमा ११ नर्सिङ कर्मचारी चाहिने अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *