खोजि गर्नुहोस..

पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद

गौर । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट  प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।

भैँसीसहित विभिन्न पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्यवस्तुहरू ठूलो परिमाणमा बरामद गरेको छ। उक्त कार्यमा संलग्न डेरीका सञ्चालक राजपुर नगरपालिका–१, भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी सञ्चालन गरेका मोहम्मद मतिउल्लाह, त्यहाँ कार्यरत दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट नेपालमा भिœयाइएको बुझिएको छ। प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मारेको तथा त्यहाँ बरामद भएको अखाद्यवस्तुको परीक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुनबमोजिम सञ्चालकसहित दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाही रौतहटलाई खबर गरिसकेको तथा सम्भवतः बुधबार त्यसको परीक्षण गरेर कारबाही प्रक्रिया अघि बढाइने समेत उहाँले जानकारी दिनुभयो।

यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हाे । https://gorkhapatraonline.com/news/52855

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *