काठमाण्डाै । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ । अस्ति रातिदेखि भित्रिएकाे प्रणालीले आज पनी वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको सम्भावना तत्काललाई छैन ।
पर्सि बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको छ । काठमाण्डौसहित बाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ । यस्तै, पानी नपरे पनि काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा आज बादल लाग्ने अनुमान छ । पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालाे अनलाइन