राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउसो २ बजेर ४५ मिनेट जाँदा ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो । सुदूरपश्चिमको बाजुरा जिल्लाको बिच्छ्या केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ। सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन हाल शशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भुकम्पले भत्काएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस गरिएकाे छ । क्षतिको विवरण आउँन बाँकी रहेकाे छ ।