जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै दलको विश्वासको मत पाएका छन् । उनले सदनमा उपस्थित सबै सांसदको मत पाए ।बुधबारको प्रदेशसभा बैठकम १०२ जना सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।जसपा संसदीय दलका नेता यादव पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनलाई कांग्रेससहित सबै दलले विश्वासको मत दिएका हुन् । मधेस प्रदेशसभामा १० दल छन् ।
मुख्यमन्त्री यादवलाई एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी पार्टीका १/१ तथा पाँचजना स्वतन्त्र सांसदले विश्वासको मत दिए ।