खोजि गर्नुहोस..

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र

काठमाडाैँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका छन्।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको अवस्थामा आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि आन्तरिक रूपमा कसरत बढाएका छन्।गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेकाे माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले पुन: एमालेमा फर्किन लागेका हुन्।
भदौ ३ गतेको पार्टी विभाजनमा  एकीकृत समाजवादीतर्फ लागेका उनले एमाले फर्कन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका छन्।मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न पठाएका छन्।
एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरू ओली निवास बालकोटमा छलफलका लागि गएको स्रोतले बताएको छ।यस्तै, आले आफैँले पनि ओलीको विश्वास पात्र समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि निरन्तर छलफल गरेका छन्।केही दिनअघि यता मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा चलिरहँदा आलेले नेम्वाङसँग प्रत्यक्ष र टेलिफोन सम्वाद गरिरहेका विश्वस्त स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *