खोजि गर्नुहोस..

भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण डीएसपी घाइते

रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते भएका छन् ।बालगृहका किशोरहरुलाई सार्ने तयारी गरिएपछि त्यसको विरोधमा १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीको प्रवेश रोक्दै आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका प्रहरीले जनाएको छ ।किशोरहरुले सुधार गृहको सिसा समेत फुटाएका छन् ।६० जना क्षमताको सुधार गृहमा १०६ जना बढी राखिएको छ ।स्थानीयले बाल सुधार गृहका किशोरहरुको व्यवहार अमर्यादित बनेको भन्दै निवेदन दिएपछि स्थानान्तरणको तयारी गरिएको बताइएको छ ।भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *