खोजि गर्नुहोस..

विप्लव :कम्यूनिष्ट शक्तिबीच एकता आवश्यक छ

जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका अन्य कम्युनिष्ट दलसँग एकताको सम्भावना रहेको बताएका छन्।सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुनसक्ने बताएका हुन्। ‘कम्युनिष्ट एकताको ढोका खुला छ’, उनले भने, ‘तर सच्चा कम्युनिष्टसँग मात्र एकता र सहकार्य हुनसक्छ।’

आफ्नो पार्टीमा पनि समस्या आएको स्वीकार गर्दै विप्लवले देशभर कार्यकर्तालाई आश्वस्त पार्न प्रशिक्षण दिन जुम्ला आइपुगेको बताए। उनले आगामी असोजमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन हुने जानकारी दिए।

विप्लवले एमसीसी, एसपीपी जस्ता विषयमा विवाद बढाएर अमेरिकासँगको सम्बन्ध बिगार्न खोजिएको बताए। यद्यपि सैन्य अतिक्रमण गर्ने अमेरिकाका प्रयासलाई तोड्न सबै देशभक्त नेपाली एक हुनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *