खोजि गर्नुहोस..

कपिलवस्तुका ७६ जना सहित नेपालबाट हजयात्रामा जाने सबैको भिसा आयो

यस वर्ष नेपालबाट हजयात्रामा जाने मुस्लिममा सबैभन्दा बढी बाँकेबाट हुने भएको नेपाल हज समितिले जनाएको छ ।नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले दिनुभएको जानकारीअनुसार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्ने मुस्लिममध्ये सबैभन्दा बढी बाँके जिल्लाका ८५ जना छन् । कोभिडका कारण गत दुई वर्ष नेपालबाट हजयात्राका लागि कोही पनि नपठाइएको जनाउँदै अध्यक्ष मियाँले यो वर्ष ५२१ जनालाई मात्र हज गर्नका लागि साउदी सरकारले अनुमति दिएको बताउनुभयो । हज समितिका अनुसार ती ५२१ हजयात्रीमध्ये बाँकेबाट सबैभन्दा धेरै ८५, सुनसरीबाट ७९, कपिलवस्तुबाट ७६, रुपन्देहीबाट ६१ र पर्साबाट २६ जना छन् । यसैगरी सुर्खेतबाट छ, बर्दिया र दाङबाट पाँच–पाँचजना हजयात्रामा जान पाउनेछन् ।

यसैगरी काठमाडौँ, सिराहा, सप्तरी, मोरङ, धनुषा, पूर्व र पश्चिम नवलपरासी, महोत्तरी, बारा, सर्लाही, गोरखा, झापा, दाङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, कास्की, तनहुँबाट पनि हजयात्रामा जानेहरू छन् । मुस्लिम बहुल क्षेत्र भएकाले बाँकेबाट हजयात्रामा जानेहरू सबैभन्दा बढी भएको समितिले जनाएको छ । देशभरिका हजयात्री पाँच चरणमा असार ६ गतेदेखि १० गतेसम्म मक्का मदिनाका लागि प्रस्थान गर्ने अध्यक्ष मियाँले बताउनुभयो । उहाँले यस पटक कोभिडका कारण साउदी सरकारले हजयात्रीका लागि विशेष व्यवस्था गरेको र कोभिड नियमको पालना गरेकाले हजयात्राका लागि लाग्ने हरेक शुल्कमा वृद्धि गरिएकाले हजयात्रा महँगो भएको बताउनुभयो । हज समितिले आफ्नोतर्फबाट गर्न सक्ने हवाई जहाजको टिकट भने गत वर्षभन्दा कममा लिएर हजयात्रीलाई सहुलियत दिएको जनाउँदै अध्यक्ष मियाँले तर साउदी सरकारले तोकेको शुल्कमा केही गर्न नसकिएको बताउनुभयो । यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार रुपियाँ तिर्नुपरेको छ । दुई वर्ष पहिले तीन लाख रुपियाँभित्रै हजयात्रा हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *